जमिन भासिँदा भगवतीका दर्जन बढी परिवार जोखिममा

४ बर्ष अघि

२0७७ भाद्र २ मंगलवार

जमिन भासिँदा भगवतीका दर्जन बढी परिवार जोखिममा

दृष्टिकोण समाचार भदौ २ दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं २ भगवतिको ज्युनाडा र आमपेड बस्तीमा जमिन भासिएको छ । गत साउन ८ गतेको अविरल बर्षाका कारण बस्तीको माथिल्लो क्षेत्रबाट ५ सय मिटर लामो जमिन भासिँएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनुभयो ।विसौना घट्टदेखि स्थानिय कल्यान सिह धामीको घरसम्म जमिन भासिएकोले ज्युनाडा, आमपेड र नायल बस्ती पहिरोको जोखिममा रहेको उहाँले जानकारी दिनुभयो । बर्षा निरन्तर भइरहेकाले हाललाई उक्त बस्तीका १७ घरपरिवार विस्तापीत भएका छन् । प्रभावित क्षेत्रमा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी, वडा नं २ का वडाध्यक्ष गणेश सिह धामी र मालिकार्जुन प्रहरी चौकीको टोलीले सोमबार अनुगमन गरेको हो ।