भिरबाट खसेको ढुङ्गा लागेर बालिकाको मृत्यु

६ बर्ष अघि

२0७५ असार २५ सोमबार

भिरबाट खसेको ढुङ्गा लागेर बालिकाको मृत्यु

दृष्टीकोण समाचार असार २५ दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ धौलेबगर बस्ने राम भट्टकी १५ बर्षिया छोरी माधवी भट्टको असार २५ गते विहान भिरबाट खसेको ढुङ्गा लोगर घटनास्थलमै मृत्यु भएको छ । सत्य प्रकाश मावि देथलामा कक्षा नौ मा पढ्ने भट्टलाई स्कुल जानेक्रममा विहान ८ बजेतीर बाटोमाथिबाट खेसेको डुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतक भट्टको गोकुलेश्वर अस्पतालमा पोष्टमार्टम गरिएपछि शबलाई अपरान्ह चार बजे आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।