महाकाली नदिमा तुइन तर्दा समान सहितकाे झाेला बग्याे,

४ बर्ष अघि

२0७७ भाद्र २ मंगलवार

महाकाली  नदिमा तुइन तर्दा समान सहितकाे झाेला बग्याे,

रमेश खत्री भदौ २ दार्चुला । दार्चुला जिल्लाकाे व्याँस गाउँपालिका वडा ४ तुसरपानीमा महाकाली नदिमा  लगाएकाे तुइन तर्ने क्रममा  मंगलवार दिउँसाे एक जनाकाे समान सहितकाे झाेला नदिमा खसेकाे छ । स‌ंकल्प दार्चुलाका कार्यक्रम स‌ंयाेजक नारायण जाेशीकाे फिल्ड जानेक्रममा तुइन तर्दा नदिमा झाेला बगेकाे जाेशीले जानकारी दिनुभयाे । तुइन तर्ने क्रममा झाेलाकाे फिता अड्किएर झाेलाकाे तुना चुडिएकाे हाे । झाेला बगेपछि लाखाैँ बराबरकाे समान बगेकाे छ । झाेलामा रहेकाे एचपी कम्मनीकाे आइफाइभ ल्यापटप, क्याननकाे डिएसएलआर क्यामेरा, जीपीएस, माेवाईल, चस्मा सहित लत्ताकपडा  सहितकाे झाेला बगेकाे जाेशीले जानकारी दिनुभयो । दार्चुला जिल्लाकाे व्याँस क्षेत्रमा तुइन तर्ने क्रममा बर्षेनी जनधनकाे क्षति हुने गरेकाे छ । साे क्षेत्रमा नेपाल भारत जाेड्ने झाेलुड्गे पुल नहुँदा तुइनकाे माध्यमबाट आवत जावत गर्ने गरिन्छ ।