बैतडीमा खाल्डोमा  डुबेर मृत्युभएका दुवै बालकको परिवारले १० लाख पाउने 

४ बर्ष अघि

२0७७ भाद्र २ मंगलवार

बैतडीमा खाल्डोमा  डुबेर मृत्युभएका दुवै बालकको परिवारले १० लाख पाउने 

डी आर भट्ट भदौ  २ बैतडी ।  बैतडीमा खाल्डोमा डुबेर मृत्युभएका बालकहरुको परिवारले क्षतीपूर्ती  पाउनेभएका छन । खाल्डोमा डुबेर मृत्यु भएका दशरथचन्द नगरपालिका २ का १४ बर्षीय अंकित लाबड र ११ बर्षीय सन्दीप लावडको परिवारले नगरपालिका र  निर्मार्ण  व्यवसायिबाट १० लाख रुपयाँ पाउने भएका हुन । जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक  नारायण प्रशाद अधिकारिका अनुसार ४ लाख नगरपालिकाले र  ६ लाख निर्माण व्यवसायिले  दिने सहमति भएको हो ।  क्षतीपूर्ती  दिने  सहमति भएपछि मृतक परिवारले  शव बुझेका छन । क्षतीपूतीदिने  सहमति भएपछि अहिले शबको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको प्रहरीले  जनाएको  छ ।  सडकमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा परेर सोमबार दुवै जनाको मृत्यु भएकाले आफन्तहरुले क्षतिपूर्तीको माग गरेका थिए । बैतडीको देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि खोदान गरिएको खाल्डोमा डुबेर दुवै बालकको मृत्यु भएकाले निर्माण व्यवसायीले क्षतिपूर्ती दिनुपर्ने मृतकका आफन्तहरुले माग गरेका र  सो  माग  सम्बोधन गर्दै नगरपालिकार र निर्माण व्यवसायिलदे १० लाख दिने  निर्णय गरेको हो ।  मृतकका आफ्नतहरुले  क्षतीपूर्ति नमिले सम्म शव नउठाउने अडान गरेपछि दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेनद्र थापा, निर्माण व्यवसायि र परिवारजन बिच छलफ भएर १० लाख दिने सहमति भएको वडा नं २ का अध्यक्ष रनबहादुर बोहराले  जानकारिदिनुभएको   छ ।