नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

४ बर्ष अघि

२0७७ भाद्र १ सोमबार

नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं भदौ १ । नेपालमा थप ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् ।देशभरका प्रयोगशालामा गरिएको ११ हजार ५ सय २० जनाको पीसीआर परीक्षणमा ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।