सशस्त्र प्रहरीद्धारा खलंगा — खार सडक खण्डको अवरुद्ध बाटो सुचारु

४ बर्ष अघि

२0७७ भाद्र १ सोमबार

सशस्त्र प्रहरीद्धारा खलंगा — खार सडक खण्डको अवरुद्ध बाटो सुचारु

दृष्टिकोण समाचार भदौ १ दार्चुला ।  वर्षातका कारण पहिरो खस्दा खलंगा —दल्लेख सडक खण्ड ठाउँ ठाउँमा अवरुद्ध बनेको छ । एक हप्ता अगाडी देखि भइरहेको वर्षाका कारण पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध बनेको हो ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाले खलंगा खार सडक खण्डको मालवेला क्षेत्रमा अवरुद्ध भएको बाटो सुचारु गरेको छ । आइतबारदेखि अवरुद्ध रहेको मालवेला क्षेत्रमा सशस्त्र प्रहरीले सोमबार बाटो सुचारु गरेको हो ।यो क्षेत्रमा गाडी चल्ने बाटो गत साउन पहिलो साता आएको पहिरोले अवरुद्ध छ । स्थानीयलाई समेत हिड्नलाई बाटो नभएपछि सशस्त्र प्रहरी परिचालन गरेर मान्छे हिड्न बाटो सुचारु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका गणपति एसपी नरेन्द्र बहादुर वमले जानकारी दिनुभयो । झण्डै ३०।४० मिटर लामो क्षेत्रमा गएको पहिरो पन्छ्याएर सशस्त्रले बाटो सुचारु गरेको हो ।