दार्चुलामा लागू औषधसहित पक्राउ परेका युवक सार्वजनिक

४ बर्ष अघि

२0७७ भाद्र १ सोमबार

 दार्चुलामा लागू औषधसहित पक्राउ परेका युवक सार्वजनिक

दृष्टिकोण समाचार भाद्र १ दार्चुला । दार्चुला जिल्लामा लागू औषधसहित पक्राउ परेका एक जना युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार बेलुकी सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रबाट ठूलो परिणामा लागू औषधसहित पक्राउ परेका दुहुँ गाउँपालिका २ स्थायी घर भई हाल महाकाली नगरपालिका ४ तिंकर खेडामा बस्दै आउनुभएका ३४ वर्षीय गणेशराम भूललाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।बंगाबगड लास्कु खोला किनार भएर आउँदै गरेका युवकसँग बोरामा शंकास्पद वस्तु रहेको आंशकामा प्रहरीले चेकजाँच गर्दा भुलबाट लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । भूलको साथबाट कोरेक्स २२ सिसी र स्पाश ५३ पत्ता बरामद गरिएको छ । प्रहरीले सोधपुछको क्रममा प्रहरीमाथि नै आक्रमण गरेको प्रवक्ता जोशीले बताउनुभयो । समान चेकजाँचको क्रममा प्रहरी जवान नरेन्द्र टेरमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
लागू औषधसहित पक्राउ परेका भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उहाँमाथि मुद्धा दर्ताको तयारी भएको प्रहरीले जनाएको  छ ।