नेपाल युवा परिषद सुदूपश्चिम प्रदेशको युवा सम्मेलन सम्पन्न

४ बर्ष अघि

२0७७ श्रावण ३१ शनिबार

नेपाल युवा परिषद सुदूपश्चिम प्रदेशको युवा सम्मेलन  सम्पन्न

दृष्टिकोण समाचार साउन ३१ दार्चुला । नेपाल युवा परिषद सुदूपश्चिम प्रदेशको युवा सम्मेलन सम्पन्न भएको छ । सुदुरपश्चिका नौ वटै जिल्लाका झण्डै १ सय जना युवाहरुको सहभागितामा अनलाईन माध्यमबाट सम्मेलन भएको हो । युवा सम्मेलनमा सुदरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव शंकर प्रसाद खरेलको प्रमुख आतिथ्यता तथ नेपाल युवा परिषद सुदूरपश्चिम प्रदेश सयोजक बसन्ती सापकोटाको अध्यक्षता युवा सम्मेलन सम्पन्न भएको छ । प्रदेश युवा सम्मेलन २०२० को सम्मेलन अनलाईन माध्यमबाट  संचालन भएको जिल्ला नेपाल युवा परिषद दार्चुला जिल्ला सयोजक भुपेन्द्र सिह विष्टले बताउनु भयो ।यस्तै सुदुरपश्चिमका प्रत्येक जिल्लाबाट कम्तिमा ५ जना महिला तथा ५ जना पुरुषको अनलाई माध्यममा सहभागीता रहेको थियो ।युवाहरुलाई नेतृत्व क्षमता विकास,सुसासन, जयवाय परिवर्तन, कृषिमा युवा उद्यमशिलता, दिगो विकास लक्ष्य र दिगो पर्यटनलाई  मुख्य उद्वेश्यका साथ भेलाको आयोजना गरिएको हो । सम्मेलनमा युवा तथा खेलकुद मन्त्रालयका पदम राज जोशी र बैजन्ती गिरी युयडिपिका प्रदेश प्रमुख,नेपाल युवा परिषद सल्लाहका रञ्जन कोईरा,उद्योग बाणिज्य संघ कैलालीका उपाध्यक्ष पुष्कर ओझाको पनि सहभागिता थियो ।