महाकालीमा बलुवा निकाल्न दिए रोजिरोटिनै बन्द हुने भन्दै स्थानीय बासि आन्दोलीत  

४ बर्ष अघि

२0७७ श्रावण ३१ शनिबार

महाकालीमा बलुवा निकाल्न दिए रोजिरोटिनै बन्द हुने भन्दै स्थानीय बासि आन्दोलीत  

दृष्टिकोण समाचार साउन ३१ दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा रहेको बजार क्षेत्रमा रहेको स्थानीयहरुले निकाल्दै आएको बलुवा निकाल्न बन्द गरिएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ का स्थानीयहरुले शुक्रबार स्थानीय प्रशासनमा ध्यानाकृषण पत्र दिई अवैदरुपमा निकासि हुदै आएको बालुवा प्रहरीले बन्द गरेपछि नागरिक आन्दोलित भएका हुन । नेपाल भारत छुट्याउने महाकाली नदिमा बालुवा संकलन गरि दैनिक गुजरा चलाईरहेका स्थानीयहरुलाई बढि मार्का परेको छ । शनिवार विदाको दिन पनि नारा जुलुश लगरे वलुवा संकलन गर्न पाँउ भन्दै स्थानीयहरु जिल्ला प्रशासन अगाडि पुगेका थिए । वालुवा निकालेर दैनिक जोहो गरि रहेको भएपनि प्रहरी प्रशासनले बन्द गर्नु भने पनि अव हामीले कसरी जिवन निर्वाह गर्ने भन्दै प्रशासनमा पुगेका स्थानीय गौरी कार्कीले बताउनु भयो । विहान बेलुकी आफनो परिवार चलाइरहेका बालुवा संकलकहरुबाट शैका समुदायले विगतमा एक बोराको २० रुपयाँका दरले करिव ५ लाख रुपया संकलन गरेको र अहिले अवैद्धरुपमा पैसा उठाउन नपाउदा हामीलाई बालुवा निकाल्न नदिएको अर्का स्थानीय जगदिश कुवरले बताउनु भयो ।   बालुवा संकलकहरुबाट उठाएको पैसाले रिङनताल नजिक बाटो बनाउछै भनि पैसा लिएको र न बाटो नै बन्यो न त पैसालको अत्तो पत्तो छ स्थानीय कुवरले गुनासो गर्नु भयो । महाकाली नगरपालिकाले श्रीवगर देखि दत्तु सम्मको वलुवा उत्खन्नको कामलाई एआईएको माध्यमबाट टेन्डर गरि व्यवस्थीत गर्ने तयारी भएको महाकाली नगरपालिकाका नगर प्रमुख हंषराज भट्टले बताउनु भयो ।