एक गाउँपालिका एक अस्पताल कार्यक्रम अघि बढाईएको ७ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सोडारीको भनाई  

६ बर्ष अघि

२0७५ असार २५ सोमबार

एक गाउँपालिका एक अस्पताल कार्यक्रम अघि बढाईएको ७ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सोडारीको भनाई  

दृष्टीकोण समाचार असार २५, दार्चुला । दार्चुला जिल्ला लगायत ७ नम्बर प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि एक गाँउपालीका एक अस्पताल कार्यक्रम लागु गरिने प्रदेश नम्बर ७ का समाजिक विकास मन्त्री दिर्घ बहादुर सोडारीले बताएका छन् । मालिकार्जुन गाउँपालिकाको केन्द्र शंकरपुरमा आयोजना गरिएको विशेषज्ञ सेवा सहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर उद्धाटन कार्यक्रममा बोल्दै प्रदेश नम्बर ७ का समाजिक विकास मन्त्री दिर्घ बहादुर सोडारीले अत्याधुनिक सेवा सहितको एक निर्वाचन क्षेत्र एक एम्बुलेन्स सेवा वितरण कार्यक्रम अघि बढाइएको पनि जानकारी गराएका छन् । दार्चुला जिल्लाको विकासका लागि प्रदेश सरकारले गुरु योजना बनाएर स्थानीय सडकहरुको विस्तार तथा जिल्लामा रहेका समस्याहरुको समाधानका लागि प्रदेश सरकार अघि बढिरहेको प्रदेश नम्बर ७ का उपसभामुख निर्मला बडाल जोशीले बताउनु भयो । ‘विशेषज्ञ स्वास्थ्य सेवा, गुणस्तरिय सेवामा टेवा’ भन्ने मुल नाराका साथ आयोजना गरिएको स्वास्थ्य शिविर उद्घाटन समारोहमा शुभकामना दिँदै क्षेत्र नम्बर एकका प्रदेश सभा सदस्य गेल्बु सिह बोहराले महाकाली करिडोरको काम घेरै पछि परेकाले अबका दिनमा राष्ट्रय प्राथमिक्तामा राखेर प्रदेश सरकाले महाकाली करीडोरमा काम गर्ने बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य मानबहादुर धामीले दार्चुला जिल्लाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र धार्मिक प्रयटनको विकास गर्नु पहिलो आवस्यकता रहेको औल्याउनु भयो ।  मालिकार्जुन गाँउपालिकाको आयोजना तथा सामाजिक विकास मन्त्रालय प्रदेश नं. ७ को आर्थिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन समारोहको अध्यक्षता मालिकार्जुन गाँउपालिका अध्यक्ष नरेन्द्र सिह धामीले गरेका हुन भने समाजिक विकास मन्त्री प्रदेश नं.७ का दिर्घ बहादुर सोडारी  प्रमुख अतिथि रहेका थिए । सोमबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा आज करिव ८ सय जनाले स्वास्थ्य परिक्षण गरएका छन । आजै मालिकार्जुन गाँउपालिकालाई पुर्ण खोपयुक्त गाँउपालिका पनि घोषणा गरिएको छ ।

शिविर भोली सम्म सञ्चालन हुनेछ ।