महाकाली नगरपालिकाको सर्वजनीक सुनवाई कार्यक्रम सम्पन्न, झन्डै ५२ करोड खर्च 

४ बर्ष अघि

२0७७ श्रावण ३0 शुक्रबार

महाकाली नगरपालिकाको सर्वजनीक सुनवाई कार्यक्रम सम्पन्न, झन्डै ५२ करोड खर्च 

दृष्टिकोण समाचार साउन ३० दार्चुला  । दार्चुला जिल्लाको महाकाली नगरपालिकाको आर्थिक बर्ष २०७६—७७ को सर्वाजनीक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार महाकाली नगरपालिकाका प्रमुख हंषराज भट्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाको कुल बजेट ५७ करोड ८६ लाख २९ हजार २ सय ७१ हजार विनियोजना गरिएकोमा ५१ करोड ९८ लाख ४१ हजार ८ सय ३ रुपयाँ खर्च गरेको छ । महाकाली नगरपालिका क्षेत्रको विकास र समृद्धिका लागि विभिन्न विकास निर्माणका, समाजसुधार लगायतका क्षेत्रमा उक्त बजेट खर्च गरिएको नगरपालिकाले जनाएको छ । नगर पालिकाले आर्थिक बर्ष २०७६ ७७ मा गरेका काम र सेवा प्रभावका बारेमा आम नागरिकलाई जानकारी गराउन महाकाली नगरपालिकाको आर्थिक सहयोग तथा सञ्चार विकास केन्द्र दार्चुलाको आयोजना कार्यक्रम सम्पन्न भएको छ । महाकाली नगरपालिका क्षेत्रको विकास र समृद्धिका लागि नगरपालिकाले नगर क्षेत्रको फोहोर व्यवस्थापन, विकास निर्माण, क्रमाङगत योजना तथा अन्न विकास निर्माणको दिगोपनामा जुटिरहेको महाकाली नगरपालिका प्रमुख हंषराज भट्टले बताउनु भयो । कार्यक्रममा महाकाली नगरपालिका क्षेत्रका सरोकारवाल निकायहरुको सहभागिता रहेको थियो ।