नेपाल युवा परिषद सुदूपश्चिम प्रदेशको युवा सम्मेलन हुदै 

४ बर्ष अघि

२0७७ श्रावण ३0 शुक्रबार

नेपाल युवा परिषद सुदूपश्चिम प्रदेशको युवा सम्मेलन हुदै 


दृष्टिकोण समाचार साउन ३० दार्चुला । सुदूरपश्चिम प्रदेशमा यहि साउन ३१ गते नेपाल युवा परिषद सुदूपश्चिम प्रदेशको युवा सम्मेलन हुने भएको छ । साउन ३१ गते अर्थात भोली सुदुरपश्चिका नौ वटै जिल्लाका झण्डै १ सय ५० जना युवाहरुको सहभागिता रहने नेपाल युवा परिषद दार्चुलाका जिल्लाका सयोजक भुपेन्द्र सिह विष्टले जानकारी दिनु भएको छ । उतm युवा सम्मेलनमा सुदरपश्चिमका युवाहरुले मात्रै सहभागिता जनाउने भएका छन । प्रदेश युवा सम्मेलन २०२० को सम्मेलन अनलाईन माध्यमबाट संचालन हुने जिल्ला नेपाल युवा परिषद दार्चुला जिल्ला सयोजक विष्टले बताउनु भयो ।यस्तै सुदुरपश्चिमका प्रत्येक जिल्लाबाट कम्तिमा ५ जना महिला तथा ५ जना पुरुषले सहभागीता जनाउन पाउनेछ भने ईच्छुक युवाहरुले पनि उतm कार्यक्रममा सहभागिता जनाउन पाउने नेपाल युवापरिषद दार्चुला शाखाले जनाएको छ । सम्मेलनमा १८ देखि ३० बर्ष उमेर समूहका युवाहरुले सहभागीता हुन पाउनेछ । सम्मेलनमा सहभागी हुन अनलाई फारम भरेको हुनुपर्ने बताएका छन । युवाहरुलाई नेतृत्व क्षमता विकास,सुसासन, जयवाय परिवर्तन, कृषिमा युवा उद्यमशिलता, दिगो विकास लक्ष्य र दिगो पर्यटनलाई  मुख्य उद्वेश्यका साथ भेलाको आयोजना गर्न लागिएको  नेपाल युवा परिषद दार्चुलाका सयोजक भुपेन्द्र विष्टले जानकारी दिनु भएको छ ।