दार्चुला आउने पर्यटकको संख्या घट्यो, तीन बर्षमा ९७ जनाले गरे दार्चुला भ्रमण

४ बर्ष अघि

२0७७ श्रावण २९ बिहीबार

दार्चुला आउने पर्यटकको संख्या घट्यो, तीन बर्षमा ९७ जनाले गरे दार्चुला भ्रमण

दृष्टिकोण समाचार साउन २९ दार्चुला । दार्चुला जिल्लामा चार बर्षको अवधिमा ९७ जना बाह्य पर्यटकले दार्चुलाको भ्रमण गरेका छन् । अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाको तथ्याङ्क अनुसार जिल्लामा सो संख्यामा पर्यटक जिल्ला भित्रीएका हुन्  । दार्चुला जिल्लामा रहेका पर्यटकिय क्षेत्रको अवलोकन गर्न आर्थिक बर्ष २०७३÷७४ मा २५ जना, आर्थिक बर्ष २०७४÷७५ मा २७ जना आर्थिक बर्ष २०७५÷७६ मा ३८ जना,  आर्थिक बर्ष २०७६÷७७ मा ७ जनाले अवलोकन गरेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले जानकारी दिनु भयो । दार्चुला जिल्ला हिमाल पहाड र तराई जस्तै तिन वटै क्षेत्रको भुगोल समेटर बनेको छ । जिल्लाको पर्यटन गन्तव्यको प्रचार प्रसारको कमिका कारण पर्यटकहरुको आवगमनमा समस्या हुने गरेको पर्यटन सञ्चार केन्द्र दार्चुलाका अध्यक्ष कृष्णसिह धामीको भनाई छ ।