नेपालमा थप ५सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, मृत्यु हुनेको सख्या ९५ पुग्यो  

४ बर्ष अघि

२0७७ श्रावण २९ बिहीबार

नेपालमा थप ५सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, मृत्यु हुनेको सख्या ९५ पुग्यो  

काठमाडौ साउन २९ । नेपालमा थप ५ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले गरेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहिबार ५ सय २५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार १ सय ९ जना डिस्चार्ज भएका छन । यो सँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८ सय ३७ जना पुगेको छ । हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छने भने क्वारेन्टिनमा १४ हजार ७ सय ६९ जना रहेका छन् । हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।