दुहुँ र व्यासका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

४ बर्ष अघि

२0७७ श्रावण २७ मंगलवार

दुहुँ र व्यासका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

दृष्टिकोण समाचार साउन २७ दार्चुला । दार्चुला जिल्लाका दुहुँ र व्याँस गाउँपालिका झण्डै २ हजार बालबालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच युनिसेफको आर्थिक सहयोग र निड्स कञ्चनपुरको व्यवस्थापनमा व्याँस गाउँपालिकाका १४ सय ७ र दुहुँ गाउँपालिकाका ५ सय ९३ गरी दुईहजार बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । जिल्ला शिक्षा समन्वय इकाई कार्यालय दार्चुलामा निड्स कञ्चनपुरका प्रतिनिधी अशोक पाण्डेले १८ लाख १९ हजार ४ सय रुपैँया बराबरको कापी, किताब, कलम, झोला, लगायतका शैक्षिक सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा व्याँस र दुहुँ गाउँपालिकाका जनप्रतिनिधी तथा जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, शिक्षा समन्वय ईकाई प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । व्याँस गाउँपालिकाका २४ र दुहुँ गाउँपालिकाका २० विद्यालयका २ हजार विद्यार्थीका लागि शैक्षिक सामाग्री उपलब्ध गराएकोमा संस्थालाई धन्यबाद दिएका छन् ।