पहिरोले घरक्षति भएका परिवारलाई नगरपालिकाले एक लाख रुपैँया राहत दिने

४ बर्ष अघि

२0७७ श्रावण २७ मंगलवार

पहिरोले घरक्षति भएका परिवारलाई नगरपालिकाले एक लाख रुपैँया राहत दिने

दृष्टिकोण समाचार साउन २७ दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिकाले वर्षाका कारण घरवार विहिन बनेका ५ परिवारलाई घर निर्माणको लागि एक लाख रुपैँया आर्थिक सहयोग गर्ने भएको छ । मंगलबार बसेको नगरकार्यपालिकको बैठकले यस्तो निर्णय गरेको हो । गत साउन ४ गते आएको पहिरोका कारण महाकाली नगरपालिका वडा नम्बर एक श्रीबगडमा एक र वडा नम्बर दुई मैखोलीमा चार परिवार पहिरोले घर क्षति भएपछि विस्थापित भएका छन् । विस्थापित परिवारलाई घर निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरिएको महाकाली पालिकाका नगरप्रवक्ता पुष्करराज जोशीले जानकारी दिनुभयो । यस्तै बैठकले नगर प्रमुख रोजगार कार्यक्रम कार्यविधि २०७७, सुपथ मूल्य पशल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७ पनि पारित गरेको छ प्रबक्ता जोशीले बताउनुभयो ।