भुक्तानी नुहँदै पहिरोमा पुरीयो कृषि बजार, जोखिमपूर्ण ठाउँमै संरचना बनाउनु गलत 

४ बर्ष अघि

२0७७ श्रावण २७ मंगलवार

भुक्तानी नुहँदै पहिरोमा पुरीयो कृषि बजार, जोखिमपूर्ण ठाउँमै संरचना बनाउनु गलत 

दृष्टिकोण समाचार साउन २७ दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ४ घाँटबजारमा निर्माण गरिएको कृषि हाट बजारको भुक्तानी नहुँदै पहिरोमा पुरिएको छ । कृषि ज्ञान केन्द्र बैतडीको १० लाख तथा महाकाली नगरपालिकाको चार लाख र जनश्रमदान बाफत २ लाख १० हजार गरी जम्मा १६ लाख १० हजार रुपँैयाको लागतमा बन्न लागेको कृषि हाँटबजारका चारवटा स्टलहरु पहिरोमा पुरिएका छन् ।सोमबार राती दार्चुला तिङ्कर सडकको डिलबाट खसेको पहिरोले उक्त स्टलहरुसँगै रहेका  दुईवटा पशलहरुमा पनि क्षती पु¥याएको छ । कृषि उपज संकलन केन्द्र तथा हाँट बजार व्यवस्थापन समितिले निर्माण गरेको कृषि हाट बजारमा एउटा गोदाम घर तथा पाँच वटा स्टल निर्माण गरिएको महाकाली नगरपालिका कृषि शाखा संयोजक पुष्पा अवस्थीले जानकारी दिनभयो । निर्माणाधिन हाँट बजारको कुल लागतमा कृषि ज्ञान केन्द्रबाट प्राप्त १० लाख रुपैँया भुक्तानि भईसकेको तथा महाकाली नगरपालिकाको चार लाख रुपैँया भुक्तानी हुन बाँकी रहेको छ ।
दार्चुला जिल्लाको घाँट बजार रिङनताल क्षेत्र तथा दार्चुला तिङ्कर सडकको छेउमा रहेको सार्वजनिक जग्गामा बन्नलागेको उक्त कृषि हाँट बजार जोखिमपुर्ण क्षेत्रमा निर्माण गरिएको हुँदा भत्किएको स्थानीयले बताएका छन् । तल महाकाली नदि नियन्त्रण आयोजनाको तटबन्घको नाली तथा माथी दार्चुला तिङ्कर सडकको तारजालीको वाल भएको क्षेत्रमा महाकाली नगरपालिकाले संरचना बनाउन नुहने स्थानीयले बताएका छन् ।महाकाली नगरपालिकाले गत आर्थिक बर्षमा नगरकार्यपालिकाबाट निर्णय गरी सो क्षेत्रमा कृषि हाँट बजार निर्माण गर्न स्थान तोकेको थियो । ग्रामिण क्षेत्रमा उत्पादन गरिएका कृषिजन्य बस्तुहरु स्टलमा राखेर कृषक स्वयम्ले नै विक्री वितरण गर्न सकुन भन्ने उद्देश्यले कृषि हाँट बजार निर्माण गरिन लागेको थियो ।