दार्चुलामा थप पाँच जना कोरोना संक्रमित पुष्टि , हेर्नुहोस सुचना सहित

४ बर्ष अघि

२0७७ श्रावण २७ मंगलवार

दार्चुलामा थप पाँच जना कोरोना संक्रमित पुष्टि ,  हेर्नुहोस सुचना सहित

दृष्टिकोण समाचार साउन २७ दार्चुला ।  दार्चुलामा मंगलबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मार्मा गाउँपालिकाका ३६ र २७ बर्षिय दुई जना पुरुष तथा मालिकार्जुन गाउँपालिकाका २५, २७ र ३५ बर्षिय तिन जना पुरुष गरि पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थय कार्यालय दार्चुलाले जनाएको छ । कोरोना संक्रमण भएका पाँचै जना स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको र सम्बन्धीत स्थानियतहले ब्यवस्थापन गरेको आइसोलेसनमा राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यो संगै दार्चुला जिल्लामा कोरोना संक्रमितको संख्या ४८ पुग्यो ।हेर्नुहोस सुचना सहित