नेपालमा  थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि

४ बर्ष अघि

२0७७ श्रावण २७ मंगलवार

नेपालमा  थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं साउन २७ । नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।