भालुको पीत्त तक्सरीमा संलग्न दुईजनालाई प्रहरीले ग¥यो सार्वजनिक 

६ बर्ष अघि

२0७५ असार २५ सोमबार

भालुको पीत्त तक्सरीमा संलग्न दुईजनालाई प्रहरीले ग¥यो सार्वजनिक 

दृष्टीकोण समाचार, असार २५ दार्चुला । ६ थान भालुको पीत्त तस्कर गर्ने दुईजनालाई प्रहरीले सोमबार दार्चुला सदरमुकाम खलंगाबाट पक्राउ गरेको छ । हुम्ला जिल्लाको साविक डाडाफाई ३ र हालको सिमिकोट गाउँपालिका ७ घर भई भारतको धारचुलामा डेरा गरी बस्ने लालबहादुर शाहीको छोरा २६ बर्षको रेकश शाही र व्याँस गाउँपालिका ६ पन्तोली बस्ने धनसिह धामीको छोरा बर्ष ३६ को मानसिह धामीलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो । सोबार बिहान साढे सात बजेतीर प्रहारी सहायक निरिक्षक भानबहादुर चन्दको कमाण्डमा खटि गएको गस्ती टोलीले महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगडमा चेकजाँच गर्ने क्रममा भालुको पीत्त फेला पारेको जिल्ला प्रहरी कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । ६ थान भालुको पीत्त ८ सय ९६ ग्राम रहेको छ । दुबै जनालाई जिल्ला बन कार्यालयले गर्ने मुद्दाको आधारमा सजाय हुनेछ । नेपाल प्रहरीले भालुको पीत्त कहाँबाट आएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको बताएको छ । 


भालुको पीत्त भारतबाट नेपाल ल्याईएको खुलासा
दार्चुलामा नेपाल प्रहरीले पक्राउ गरेको भालुको पीत्त भारतबाट महाकाली नदि तारेर नेपाल ल्याईएको गोप्य श्रोतबाट जानकारी आएको छ । आइतबार बेलुकी भारतीय सुरक्षाकर्मी एसएसबीले त्यसको बारेमा अनुसन्धान गरिरहेको भएपनि फेला नपरेको श्रोतको भनाई छ । व्याँस गाउँपालिकाको सीमा क्षेत्रबाटै उक्त पीत्तहरु नेपाल भित्र्याईएको श्रोतको दाबी छ । नेपाल भारत सीमा क्षेत्र जोडिएको व्याँस गाउँपलिका वडा नम्बर ६ मा रहेको यहि क्षेत्रबाट उक्त सामान तारिएको बुझीएको छ । 


दार्चुला जिल्लामा यो भन्दा पहिले पनि बन्यजन्तुका अखेटोपहार तस्करी हुने गरेका समाचार बेला बेला आउने गरेका छन् । मूख्य नाइके फेला नपर्नु तस्करीको नाका फेला नपर्नु र भरीयाहरु समातिने गरेका थिए । चालु आर्थिक बर्षमा प्रहरीले तस्कर समातेको यो पहिलो घटना हो । दार्चुला जिल्लालाई चोरी तस्करीको ट्रान्जीट प्वाइन्टका रुपमा राखिएको छ ।