१० बर्षको अवधिमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले १२ करोड राजस्व संकलन

४ बर्ष अघि

२0७७ श्रावण २५ आईतवार

१० बर्षको अवधिमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले १२ करोड राजस्व संकलन

राम सिह धामी दार्चुला ।  दार्चुला जिल्लामा रहेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले १० बर्षको अवधिमा १२ करो ३४ लाख ३६ हजार २ सय ५० रुपयाँ राजस्व संकलन गरेको छ ।  आईतबार जिल्लामा कृयासिल पत्रकारहरु संग गरिएको बार्षिक समिक्षा कार्यक्रममा उक्त बजेट सर्वजनिक गरेको हो । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय स्थापना काल देखिको हाल सम्म गरिएका गतिविधि तथा आर्थिक बर्ष २०७६÷७७ मा गरेका कृयाकलापका बारेमा समिक्षा गरेका छन । संरक्षण कार्यालयले विभिन्न जडिबुडि तथा बनस्पतिहरुबाट ५ बर्षको अवधि भन्दा बढि आथिक बर्ष २०७४÷७५ मा २ करोड ४४ लाख १४ हजार ९७ रुपैयाँ  संकलन गरिएको छ ।  भने सबै भन्दा कम आर्थिक बर्ष २०७६÷७७ मा १ करोड ७ लाख ४ हजार ६ सय १५ रुपैयाँ राजस्व संकलन गरिएको अपिनाम्पा संरक्षण कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत किसोर कुमार मेहताले जानकारी दिनु भयो ।  दार्चुला जिल्लाका ५ वटा स्थानीय तहहरुको भुभागलाई समेटिने गरि स्थापना गरेको अपिनाम्पा संरक्षण कार्यालय दार्चुलाले हाल सम्म कुल ५ करोड ६४ लाख ८५ हजार संरक्षण व्यवस्थापना मार्फत समुदायमा लागानि गरिएको बताएका छन । विभिन्न मितिमा संरक्षण क्षेत्रमा पर्ने स्थानीयहरुको गाईबस्तु ,अन्नबाली तथा मानविय क्षेति गरिएका पिडितलाई अपिनाम्पा संरक्षण कार्यालय दार्चुलाले राहत समेत उपलब्ध गराउने गरेका संरक्षण अधिकृत मेहताले बताउनु भयो ।