पहिरोमा परि दुईवटै छोराको मृत्यु भएपछि दमाई परिवाले गरे सहयोगको अपिल 

४ बर्ष अघि

२0७७ श्रावण २५ आईतवार

पहिरोमा परि दुईवटै छोराको मृत्यु भएपछि दमाई परिवाले गरे सहयोगको अपिल 

दृष्टिकोण समाचार साउन २५ दार्चुला ।  दार्चुला जिल्लाको लेकम गाउँपालिका ०५ पिड अम्कुरका स्यानो दमाईको परिवार यतिबेला शोकमा डुबेका छन् । यहि श्रावण ०६ गते बिहान स्यानो दमाईका दुईवटै छोराहरु अर्जनु दमाई र मिलन दमाईको पहिरोमा परि निधन भएको थियो । मालिकार्जुन गाउँपालिका–८ पस्तिमा घर माथिबाट पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो । सुदूरपश्चिममा गौरा पर्वको लागि नयाँ लुगा सिलाउने चलन छ । पस्तिमा दिदि लक्ष्मी दमाईको पसलमा लुगा सिलाउने काम गर्न दुइवटै दाजु भाई अर्जुन र मिलन पीडबाट पस्ती गएका थिए । तर हुनेहार दैव नटार भने जस्तै अबिरल वर्षासँगै खसेको पहिरोले उनीहरुको ज्यान नै लियो । उनीहरुको मुख्य पेशा नै कपडा सिलाउने हो । स्यानो दमाई पनि कपडा सिलाउने काम गर्छन् । तर उमेरले बुढो हुँदै गएपछि आँखा कमजोर भएर उनी अहिले कपडा सिलाउन निकै गारो मान्छन् । उनका दुईवटै छोराहरुले कपडा सिलाउने काम गरेर पारिवारिक गुजारा चलाएका थिए । २५ वर्षका अर्जुन दमाईको २ वटा छोरी छन् । भने १८ वर्षिया मिलनको बिहै नै भएको थिएन । मिलनको स्वर कुनै गायको भन्दा कम थिएन । उनले विकट ठाउँमा जन्मेकै कारण आफ्नो कलालाई देखाउन पाएका थिएनन् । उनको सपाना थियो गायक बन्ने तर दैबले उनलाई कलिलो उमेरमै लग्यो । दुईवटै छोराहरुको मृत्यु भएपछि स्यानो दामाईको परिवार शोकमा डुबेको छ । उनीहरुले सहयोगको समेत अपिल गरेका छन् । अर्जुन दमाइकी श्रीमतीको मानसिक अवस्था समेत विग्रिन थालेको अनिल परियारले बताए । उनका २ वटा छोरीहरुको भविष्यको लागि दमाई परिवाले सहयोगको अपिल गरेका छन् । लक्ष्मी बैंक लिमिटेड लेकम शाखामा स्यानो दमाईको नाममा रहेको बैंक खाता नं. ०९०४४००१४५७ मा सके जतिको सहयोग रकम उपलब्ध गराउन स्यानो दमाईले आग्रह गरेका छन् ।