कोरोना रोकथाम तथा सरसफई व्यवस्थापनमा गैरसरकारी संस्थाहरुको लगाव बढदै 

४ बर्ष अघि

२0७७ श्रावण २४ शनिबार

कोरोना रोकथाम तथा सरसफई व्यवस्थापनमा गैरसरकारी संस्थाहरुको लगाव बढदै 

राम धामी साउन २४ दार्चुला । दार्चुला जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुमा सरसफाई तथा कोरोना नियन्त्रणमा गैसरसरकारी संघसंस्थाहरुको लगाव बढ्न थालेको छ  ।शनिबार जिल्ला अस्पताल दार्चुलामा सरसफाई तथा स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरिएको छ ।  सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयसंगको समन्वयमा युनिसेफ, निड्स संस्थाले जिल्ला अस्पताल दार्चुलालाई ४ लाख रुपैँया बरावरको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।  अस्पतालको सरसफाई, खानेपानी तथा स्वच्छता सुधार गर्न र कोरोना भाईरस संक्रमणबाट बच्ने उद्देश्यले स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको यसनिसेफ, निड्स संस्थाका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनुभयो ।जिल्ला अस्पतालको समस्यालाई केही सहजता पुगोस्  भन्ने उद्देश्यले सेनिटाईजर, पानी ट्याङकी, फोहोर व्यवस्थापनका लागि कन्टीनर (डस्टबीन) लगायतका सामाग्रीहरु  हस्तान्त्रण गरेकोमा अस्पताल विकास समितिका अध्यक्ष दलजित सिह धामीले संस्थालाई धन्यबाद दिनुभयो । २०७० सालमा महाकाली नदीमा आएको बाढीले जिल्ला अस्पताल दार्चुलामा क्षती गरेपछि अझै अस्पतालको अवस्था सुधार गर्न सकिएको छैन् । जिल्ला अस्पताल र जिल्लाका अन्य पालिकाहरुमा रहेका स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्नु पर्ने आवस्यकता रहेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनु भयो ।