सवारी साधनबाट एकबर्षमा झण्डै १० लाख राजश्व संकलन, ३ सय २९ सवारी साधनलाई कार्वाही गरियो 

४ बर्ष अघि

२0७७ श्रावण २४ शनिबार

सवारी साधनबाट एकबर्षमा झण्डै १० लाख राजश्व संकलन, ३ सय २९ सवारी साधनलाई कार्वाही गरियो 

रमेश खत्री साउन २४ दार्चुला । जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले एक वर्षको अवधिमा ९ लाख ७६ हजार  ५ सय रुपैँया राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा ट्राफिक नियम विपरित सञ्चालन गरिएका सवारी साधनहरुलाई कार्वाही गर्दै उ क्त राजश्व संकलन गरिएको ट्राफिक प्रहरी दार्चुलाका प्रमुख केशव दत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दार्चुलामा गत आर्थिक वर्षमा ४६ वटा बस, एक सय ७१ ट्रक, आठ सय ८८ जीप, एक सय ८७ ट्याक्टर, दुई सय ३३ मोटरसाइकल तिन जेसिवी र एउटा टिपर गरी ३ सय २९ सवारी साधनलाई कार्वाही गरिएको छ ।  दार्चुलामा गत आर्थिक वर्षमा सवारी साधन दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन् ।