तीज तथा गौरा पर्वमा भीडभाड नगर्न वडाको निर्णय

४ बर्ष अघि

२0७७ श्रावण २३ शुक्रबार

तीज तथा गौरा पर्वमा भीडभाड नगर्न वडाको निर्णय

दृष्टिकोण समाचार साउन २३ दार्चुला ।  दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटले नजिकै आईरहेको तीज तथा गौरा पर्वमा भिडभाड नर्ग नपाईने गरी निर्णय गरेको छ । वडा अध्यक्ष मंगलसिंह धामीको अध्यक्षतमा बसेको वडा समितिको बैठकले कोरोना संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण बढेको भन्दै वडामा अनाबश्यक आवात् जावत् तथा एक वस्तीबाट अर्को बस्तीमा अत्याबश्यक काम बाहेक आवत् जावत् समेत नगर्न वडा कार्यालयले अनुरोध गरेको छ । ब्याँस गाउँपालिकाका तथा अन्य गाउँपालिकाका वडाहरुका स्थानीयहरुलाई धौलाकोटमा प्रबेश गर्न समेत नदिने निर्णय वडाले गरिएको छ । हेनुहोस निर्णय