दार्चुला प्रशासनले ९ वटा स्थानीय तहलाई फरक—फरक बारमा सेवा दिने हेनुहोस सुचना सहित 

४ बर्ष अघि

२0७७ श्रावण २३ शुक्रबार

दार्चुला प्रशासनले ९ वटा स्थानीय तहलाई फरक—फरक बारमा सेवा दिने हेनुहोस सुचना सहित 

दृष्टिकोण समाचार साउन २३ दार्चुला ।  जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लाका ९ वटै स्थानीय तहलाई फरक—फरक बारमा सेवा दिने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै प्रशासले सेवा प्रवाहमा बार तोकेको हो ।
प्रशासनले कतिपय सेवाग्राहीहरुले मास्क समेत प्रयोग नगरि आउने सेनिटाइजर प्रयोग नगर्ने, भौतिक दुरी कायम नहुने भएपछि बार तोकेर सेवा प्रवाह गर्ने जनाएको छ । प्रशासनले आइतबार र सोमबार महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र व्यास गाउँपालिका सेवाग्राहीलाई सेवा दिने भएको छ । यस्तै मंगलबार र बुधबार शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकालाई सेवा उपलब्ध हुनेछ भने बिहीबार र शुक्रबार अपिहिमाल गाउँपालिका, मार्मा  गाउँपालिका र नौगाड गाउँपालिकालाई प्रशासनिक सेवा दिने सार्वजनिक सूचना जारी गरेको छ । यी स्थानीय तहका नागरिकले नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाबालक परिचय पत्र, राहदानी, हातहतियार दर्ता नविकरण, पत्रपत्रिका संघसंस्था सम्बन्धी कार्य र प्रमाणीत तथा सिफरिस जस्ता सेवाहरु प्रशासनले भने अनुसारका बारमा मात्र पाउँनेछन् । तर शान्तिसुरक्षा निवेदन तथा कानुन सम्बन्धी सेवाहरु भने सबै दिन कार्यालय समयमा उपलब्ध हुने प्रशासनले जनाएको छ । आगामी आईतबार २५ गते देखि बार अनुसारको सेवा प्रवाह हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित बनाउन र कोभीड –१९ को जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रशासनले बताएको छ । हेनुहोस सुचना सहित