मालिकार्जुन गाउँपालिकाको तेश्रो गाउँसभा ,नीति तथा कार्यक्रम सूचि सहित

६ बर्ष अघि

२0७५ असार २४ आईतवार

मालिकार्जुन गाउँपालिकाको तेश्रो गाउँसभा ,नीति तथा कार्यक्रम सूचि सहित

दृष्टीकोण समाचार, असार २४ दार्चुला । ‘शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन पूर्वाधार, मालिकार्जुन गाउँपालिकाको समृद्धिको आधार’  भन्ने मूल नाराका साथ मालिकार्जुन गाउँपालिकाले झण्डै ३७ करोडको बजेट पास गर्दै आर्थिक बर्ष २०७५÷७६ का लागि तेश्रो गाउँ सभा सम्पन्न गरेको छ । मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिह धामीको अध्यक्षतामा बसेको गाउँसभाले सामाजिक विकास र भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम पारित गरेको छ । सामाजिक विकास अन्तरगत शिक्षा, स्वास्थ्य लगायतका अत्यावस्यक कार्यक्रम राखिएका छन् भने भौतिक पूर्वाधार निर्माण तर्फ सडक, विद्युत्त, खानेपानी, सिचाई लगायत पूर्वाधार निर्माण गर्ने मालिकार्जुन गाउँपालिकाका सूचना अधिकारी किसन जोशीले जानकारी दिनुभयो । 
प्रत्येक वडाहरुमा ३३ देखि ४२ लाख सम्मको बजेट विनियोजन गर्दैैै वडा पालिकाहरुबाट पनि बजेट तथा कार्यक्रम पेश भएपछि आइतबार गाउँसभा सम्पन्न भएको हो । असार १० गते उद्घाटन गरिएको गाउँसभा दुईहप्ता पछि सम्पन्न गरिएको छ । 
मालिकार्जुन गाउँपालिकाको नीति तथा कार्यक्रम सहित बजेटको पूर्ण पाठ