लकडाउन अवधिमा २१ पटक खुल्यो दार्चुलाको सीमानाका, अढाई हजार नेपाली भित्रीए 

४ बर्ष अघि

२0७७ श्रावण २२ बिहीबार

लकडाउन अवधिमा २१ पटक खुल्यो दार्चुलाको सीमानाका, अढाई हजार नेपाली भित्रीए 

रमेश खत्री साउन २२ दार्चुला । कोरोना भाइरस कोभिड १९ का कारण २०७६ चैत्र ११ गते देखि नेपाल सरकारले लकडाउन गरे पछि नेपाल भारत सीमा जोड्ने दार्चुला जिल्लाको नाका विहिबार गरी २१ पटक खुलेको छ । लकडाउन घोषणा भएपछि भारत र चिनसगँका सीमा नाकाहरु पुर्ण रुपमा बन्द गरिएको भए पनि लकडाउन अवधिमा भारतमा रहेका नेपाली कामदारहरु नेपाल भित्र्याउनका लागि सीमा नाका खुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदम बहादुर विष्टले जानकारी दिनुभयो । भारतसँग सीमा जोडिएका दार्चुलाका तिन वटा नाका पुलघाँट, दत्तु र जोलजिबीमा रहेका झोलुङ्गे पुल खोलिएका हुन । हालसम्म जिल्ला सदमुकाम खलंगामा रहेको पुलघाट नाका १७ पटक दत्तु नाका २ पटक र जोलजीबी नाका २ पटक खुलेको डिएसपी विष्टले बताउनु भयो । त्यस्तै लकडाउन अवधिभर भारत बाट नेपाल भित्रिनेहरु जिल्ला सदमुकाम पुलघाट नाकाबाट १ हजार ९३ पुरुष र एक सय ५० महिला तथा ४२ बालबालीका रहेका छन् । त्यस्तै दत्तु नाकाबाट नौ सय २ पुरुष १३ महिला ६ बालबालीका र जोलजिवि नाकाबाट ३ पुरुष ३ महिला नेपाल भित्रीएको प्रहरीको रेकर्ड छ । विभिन्न समयमा लुकिछिपि तीन सय १५ पुरुष ५ महिला गरी दार्चुलाबाट जम्मा २ हजार ६ सय १२ जना नेपालीहरु नेपाल भित्रिएको जिल्ला प्रहरीका कार्यालय दार्चुलाले जनाएको छ ।