नेपालमा थप २५९ जनामा कोरोना संक्रमण

४ बर्ष अघि

२0७७ श्रावण २0 मंगलवार

नेपालमा थप २५९ जनामा कोरोना संक्रमण

काठमाडौं साउन २० ।  नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकाका ६२ सहित २५९ जना संक्रमित थपिएको जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको उनले बताए । जसमध्ये हालसम्म १५ हजार २६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।