जिल्ला अस्पताल दार्चुला मृत्युु भएको कुवरको पीसीआर रिपोर्ट नेगेटिभ

४ बर्ष अघि

२0७७ श्रावण २0 मंगलवार

जिल्ला अस्पताल दार्चुला मृत्युु भएको कुवरको पीसीआर रिपोर्ट नेगेटिभ

दृष्टिकोण समाचार साउन २० दार्चुला । जिल्ला अस्पताल दार्चुलामा मुत्यु भएका व्यतिको पिसिआर रिपोट नेगेटिभ आएको छ । डडेल्धुरा जिल्ला अस्पतालमा स्वाबको परीक्षण गर्दा पिसिआर रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । हिजो सोमबार बिहान जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएका व्यास गाउँपालिका वडा नं ५ का २८ बर्षिय लोकेन्द्र कुवरको पिसिआर रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड १९ सम्पर्क व्यतिm बिरेन्द्र प्रसाद भट्टले जानकारी दिनु भएको छ । श्वास फेर्न गाह्रो हुने र ज्वरो आइरहेको समस्या लिएर आइतबार दिउसो अस्पताल पुगेका कुवर सोमबार बिहान १ बजेतिर मुत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जानकारी दिएको छ । आइतबार राती एक्कासी थप विरामी भएपछि अस्पताल ल्याइएको थियो ।राती १० बजे पुन अस्पताल लगिएका कुवरको बिहान १ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । केहीबेरमा शबलाई आफन्तको जिम्मा लगाइने जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।