नेपाल राहत शिक्षक समिति चौथो जिल्ला अधिवेशन सम्पन

६ बर्ष अघि

२0७५ असार २४ आईतवार

नेपाल राहत शिक्षक समिति चौथो जिल्ला अधिवेशन सम्पन

दृष्टीकोण समाचार, असार २४ दार्चुला । नेपाल राहत शिक्षक समितिको चौथो जिल्ला अधिवेशन एक कार्यक्रमका बीच दार्चुला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । नेपाल राहत शिक्षक जिल्ला कार्य समितिका अध्यक्ष कृष्णराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ७ का कोषाध्यक्ष बहादुर सिह गोयलाको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा बोल्दै प्रदेश नम्बर ७ का कोषाध्यक्ष बहादुर सिह गोयलाले नेपाल सरकारले राहत शिक्षक व्यवस्थापनको उचित कानुन बनाउन नसक्दा आफुहरु संगठीत हुनु परेको बताएका छन् ।

अहिले सम्म भएका राहत शिक्षकहरुका सवल पक्षहरुको बारेमा बताउँदै उहाँले भने ‘तहगत तलबभत्ता समान गर्न सफल भएको र २३ प्रतिशत दुबै खातामा पैसा खाली नरहेको बताएका छन् । त्यस्तै कार्यक्रममा बोल्दै समितिका अध्यक्ष कृष्णराज जोशीले २०६५ सालमा विधिवत रुपमा जिल्ला संगठन समिति गठन गरेको वताएका छन् । राहत शिक्षकहरुलाई बाढी पीडित, भुकम्प पीडितहरुलाई दिएको जस्तै राहत दिएको भन्दै आक्रोस व्यक्त गरे । नेपालमा अहिले सम्म ४६ हजार राहत शिक्षक रहेका छन् ।  अधिबेशनले आजै पुनः कृष्णराज जोशीकै नेतृत्वमा नौ सदस्यीय राहत शिक्षक जिल्ला कार्य समिति चयन गरेको छ । नवराज पन्त उपाध्यक्ष, सिता बडु सचिव,   शेरसिह सामन्त कोषाध्यक्ष रहने गरि जिल्ला कार्य समिति चयन गरेको हो ।