लागू औषधसहित दार्चुलामा एक जना पक्राउ

४ बर्ष अघि

२0७७ श्रावण २0 मंगलवार

लागू औषधसहित दार्चुलामा एक जना पक्राउ

दृष्टिकोण समाचार साउन २० दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुंगे पूल खुलेपछि एक जना लागू औषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाकाली नगरपालिका ४ का ३५ वर्षीय राजेश निरौला रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोमबार बेलुकी साढे सात बजे झोलुंगे पूल खुलेको थियो । पूल खोलेको बेला धार्चुलाबाट लागू औषध लिएर आएका निरौलालाई चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो । भारतको धार्चुलामा कोरोना संक्रमण बृद्धि भइरहेको अवस्थामा भारतमा मृत्यु भएका एक जना नेपालीको दाहसंस्कारमा आफन्तहरुलाई जाने ब्यवस्थापनको लागि भन्दै पूल खोलिएको थियो । तर पूल खुलेपछि दार्चुला र धाचुलाबाट स्थानीय पूलमा आवत जावत बढेको थियो । सोहि क्रममा स्पास र ५ सिसि कोरेक्स नामक लागू औषधसहित निरौला पक्राउ परेका हुन् ।  पक्राउ परेका निरौलामाथि लागू औषध ऐन अनुसार आज मुद्धा दर्ता गरिने चन्दले बताउनुभयो ।