रोजगारी सृजना गर्नुका सट्टा भ्रष्टाचार मौलाएको भन्दै शैल्यशिखर नगरपालीकामा विरोध प्रर्दशन

४ बर्ष अघि

२0७७ श्रावण १७ शनिबार

रोजगारी सृजना गर्नुका सट्टा भ्रष्टाचार मौलाएको भन्दै शैल्यशिखर नगरपालीकामा विरोध प्रर्दशन

 गणेशसिह धामी साउन १७ दार्चुला । नेपाल स्वयंम सेवक संघ दार्चुलाले शैल्यशिखर नगरपालिकाको पनेवाँजमा प्रदर्शन गरेका छन । देशमा भइरहेको भ्रष्टाचार, कालो बजारी, विदेशीको हस्तक्षेप, नागरिकता बिधेयक र सरकार गरेका गलत कामको विरुद्धमा बिरोध प्रदर्शन गरेका छन । कोभिड–१९ तथा कोरोना भाइरसले देश आक्रान्त भइरहेको बेला देशमा रोजगारी सृजना गर्नुका सट्टा भ्रष्टाचार मौलाएको र कालोबजारीको विगविगी बढि रहेको भन्दै प्रदर्शन गरेको नेपाल स्वयंम सेवक संघ दार्चुलाका अध्यक्ष विक्रम सिह धामीले जानकारी दिनु भयो । वर्तमान समयमा भइरहेको कोरोना परीक्षणमा समेत पिसीआर प्रविधिलाई सुस्त गतिमा अघि बढाएको भन्दै आपत्ती जनाएका छन्। । स्वयंसेवक संघ दार्चुलाले शनिबार शैल्यशिखर नगरपालिकाको वडा नं.६ पनेवाँजमा बिरोध प्रदर्सन गरेका थिए ।