बाढि पहिरोमा तीन घर बगे, दर्जनबढि घरहरु जोखिममा   

४ बर्ष अघि

२0७७ श्रावण १७ शनिबार

बाढि पहिरोमा तीन घर बगे, दर्जनबढि घरहरु जोखिममा   

दृष्टिकोण समाचार साउन १७ दार्चुला ।दार्चुला जिल्लाको  महाकाली नगरपालिका वडा नम्बर २ को मैखोलीमा बाढि र पहिरोका कारण तीन वटा घर पुरिएको छन । त्यहि क्षेत्रका दर्जनौ घर जोखिममा छन् । बाढि र पहिरोले मानवीय क्षति भने भएको छैन् । बिहान ८ बजे आएको पहिरोले गगन पार्कीको दुई तले घर बाढिले बगाएको छ भने पशु चौपाया र मानिसलाई भने सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै सोहि ठाउँमा रहेका कालु भुल, मने भुल, र परे भूलको संयुक्त रुपमा निर्माण भएको घर पनि बाढि र पहिराले क्षति गरेको छ । तीन तले घर बाढि र पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो । उनीहरुको ८ वटा गाई, २ वटा गोरु, र १३ वटा बाढि पहिरोमा परि वेपत्ता भएका छन् । यसैगरी साढे १० बजे बिहान आएको बाढि पहिरोले सोहि ठाउँका ललित राम पार्कीको दुई तले घर बगाएको छ । भने १ गाई, २ वटा बाच्छी खोलाले बगाएको प्रहरीले जनाएको छ । बाढि र पहिरो पछि सुरक्षाकर्मी र स्थानीयले उनीहरुको उद्धार गरेका छन् ।  लास्कु खोला र आसपासबाट आएका खोलाले बाढि पहिरो निम्त्याएको हो । यस्तै प्रहरीले सोहि ठाउँका ५० कालु भुलको २ गाई, २ गोरु, ४ बाख्रा र २ वटा कुखुरा, १ बाख्रा र १ गाईको बाच्छीको जिवितै उद्धार गरेको छ । बाढि पहिरोले मानमती पार्की, हरकसिह साहु, पारस शाहुको घर पूर्ण रुपमा जोखिममा परेको छ भने मानिस र पशुचौपायाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।  यस्तै बाढि पहिरोले मनिराम भूल, परे भूल, अमिरा पार्की, ललित राम पार्की, रुकुम पार्की र गगन पार्कीको घर पनि जोखिममा परेका छन् भने उनहिरुको पशु चौपायाको उद्धार गरिएको प्रहरीले जनाएको छ । अहिले स्थानीयलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । सडक अवरुद्ध भएको कारण उद्धारमा समेत ढिलाई भएको प्रहरीले जनाएको छ ।