झोलुङगे पुल गुरुयोजना सम्बन्धि एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न

४ बर्ष अघि

२0७७ श्रावण १६ शुक्रबार

झोलुङगे पुल गुरुयोजना सम्बन्धि एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न

दृष्टिकोण समाचार साउन १६ दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा शुक्रबार नगरपालिका स्तरिय झोलुङगे पुल गुरुयोजना सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । शैल्यशिखर नगरपालिकाको आर्थिक तथा समाज कल्याण समाज दार्चुलाको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा नगरपालिका क्षेत्रमा रहेका खोलानालाहरुमा हुने जोखिम न्युनिकरण गर्न आवश्यक परेको ठाउँमा झोलुङगे पुल निर्माणका लागि ठाँउ छनोट गरिएको समाज कल्याण समाज दार्चुलाका कार्यकारी निर्देशक रघुविर सिह ठगुन्नाले जानकारी दिनु भयो । कार्यक्रममाबाट शैल्यशिखर नगरपालिकाको विभिन्न वडाहरुमा ३३ वटा पुल आवस्यक रहेको र त्यसका लागि गुरुयोजना निर्माण गरिएको छ ।