दार्चुला बहुमुखी क्याम्पसलाई नमुनाका रुपमा विकास गरिने 

४ बर्ष अघि

२0७७ श्रावण १६ शुक्रबार

दार्चुला बहुमुखी क्याम्पसलाई नमुनाका रुपमा विकास गरिने 

दृष्टिकोण समाचार साउन १६ दार्चुला । दार्चुला जिल्लाको उच्च शिक्षामा अग्रणी शैक्षिक संस्था सुदुरपश्चिम विश्वविद्यालय अन्तरगत सञ्चालनमा रहेको दार्चुला बहुमुखि क्याम्पसलाई नमुना क्याम्पसका रुपमा विकास गरिने भएको छ । सुदुरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयल उच्च शिक्षा महाशाखाले नमुना क्याम्पसमा स्तरोन्नतीका लागि विकास गर्ने गरी छनौट गरेको छ । क्याम्पसको स्तरोन्नतीका लागि मन्त्रालयले गर्ने सहयोगका बारेमा बताउँदै दार्चुला बहुमुखि क्याम्पसका प्रमुख कृष्णसिह साउँद २०५९ सालमा स्थापना गरिएको दार्चुला बहुमुखी क्याम्पसमा स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन संकाय तथा   स्नातकोत्तर तहमा शिक्षा, मानविकि संकायमा पढाई भई रहेको छ । क्याम्पसमा हाल पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।