गाउँमै आईसिटी ल्याब सञ्चालन हुँदा सूचनामा प्रविधिमा विद्यार्थीको पहुँच पुग्यो

४ बर्ष अघि

२0७७ श्रावण १६ शुक्रबार

गाउँमै आईसिटी ल्याब सञ्चालन हुँदा सूचनामा प्रविधिमा विद्यार्थीको पहुँच पुग्यो

दृष्टिकोण समाचार साउन १६ दार्चुला । दार्चुला जिल्ला का ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा सूचना प्रविधिको विकास गर्नका लागि दार्चुलाका पाँच वटा विद्यालयहरुमा आईसिटी ल्याब स्थापना भएको छ । महकाली नगरपालिकाको मालिकार्जुन मावि धाप, शैल्यशिखर नगरपालिकाको मालिकार्जुन मावि आगर, मालिकार्जुन गाउँपालिकाको सरस्वती मावि सेलीचमा र दुहुँ गाउँपालिकाको गौरिलमाण्डौ हिकिला र मार्मा गाउँपालिकाको अपिपथपर्दशक मावि शेरीमा सूचना प्रविधि प्रयोगशाला निर्माण गरिएका छन् । नेपाल सरकार सूचना सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरण को सहयोगमा जिल्लाका पाँचवटा विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला निर्माण सम्पन्न गरिएका हुन् ।
सूचना प्रविधि प्रयोगशाला स्थापना पछि विद्यार्थीहरुले ग्रामिण क्षेत्रमै बसेर सूचनाको पहुँच पुगेको र सिकाईमा फाईदा हुने सरस्वती मावि सेलीचमाका विद्यालय व्यवस्थापन अध्यक्ष हिरा सिह धामीले बताउनु भयो ।