दार्चुलामा थप १६ जना कोरोना संक्रमित पुष्टि संक्रमितको सख्या ४२ पुग्यो 

४ बर्ष अघि

२0७७ श्रावण १६ शुक्रबार

दार्चुलामा थप १६ जना कोरोना संक्रमित पुष्टि संक्रमितको सख्या ४२ पुग्यो 

दृष्टिकोण समाचार साउन १६ दार्चुला । दार्चुलामा थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  यो संगै संक्रमितको संख्या ४२ पुगेको छ ।जिल्लाको ब्यास गाउँपालिकामा २ जना, मार्मा गाउँपालिकामा १३ जना र लेकम गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दार्चुलाका जन स्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो । बाहिरबाट आएकाहरुमा संक्रमण पुष्टी भएको उहाँको भनाई छ । उनिहरु क्वारेन्टाइनमा रहेको बताइएको छ । धेरै दिनपछि दार्चुलामा कोरोना संक्रमण देखिएको छ । पहिले कोरोना पुष्टी भएका २६ जना भने घर फर्किसकेका छन् ।