लेकम गाउँपालिकालाई युवाहरुको पाँचदिने अल्टीमेटम, सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी

४ बर्ष अघि

२0७७ श्रावण १५ बिहीबार

लेकम गाउँपालिकालाई युवाहरुको पाँचदिने अल्टीमेटम, सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी

दृष्टिकोण समाचार साउन १५ दार्चुला । लेकम गाउँपालिका वडा नम्बर २ कुणीका युवाहरुले गाउँपालिका अध्यक्षलाई दशबुँदे माग राख्दै जवाफका लागि पाँच दिनको म्याद दिएर विहिबार ज्ञापन पत्र वुझाएका छन् । लेकम गाउँपालिका वडा नम्बर २ मा चरम भ्रष्टाचार र अनियमितता भएको भन्दै स्थानीय २९ जना युवाहरुले वडा कार्यालयमा तालाबन्दी समेत गरेको थियो । आफुहरुको मागको कुनै सुनुवाइ नभएको भन्दै गाउँपालिकालाई पुन ज्ञापन पत्र बुझाएको स्थानीय आनन्द प्रसाद जोशीले जानकारी दिनुभयो । युवाहरुले स्थानीय सरकार सञ्चालन भए देखिको आयव्यव विवरण माग, राहत वितरण क्वारिन्टाई व्यवस्थापनमा भएको खर्च विवरण, योजनामा पारदर्शीता हुनु पर्ने, चमेलीया खानेपानी उपभोक्ता समिति गठनमा भएको ढिलाई लगायतका दशबुँदे माग राखेका छन् ।  आफुहरुका माग गाउँपालिकाले पाँचदिन भित्रमा सम्बोधन नगरेमा आन्दोलन गर्ने, तालाबन्दी गर्ने जस्ता चेतावनी दिएका छन् ।