निर्मला बलत्कार हत्या प्रकरणमा मुद्दा खेपीरहेका आठ जना प्रहरीले सफाई पाए

४ बर्ष अघि

२0७७ श्रावण १५ बिहीबार

निर्मला बलत्कार हत्या प्रकरणमा मुद्दा खेपीरहेका आठ जना प्रहरीले सफाई पाए

कञ्चनपुर साउन १५ । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणमा मुद्दा खेपीरहेका आठ जना प्रहरीले सफाई पाएका छन् । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपी रहेका तत्कालीन एसपी डिल्लीराज विष्ट सहित आठै जनालाई कञ्चनपुर जिल्ला अदालतले सफाई दिएको छ ।प्रमाण नष्ट र यातना दिएको अभियोगमा एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआईबीका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, इन्सपेक्टर जगदिश भट्ट, सई हरिश धामी, रामसिह धामी र प्रहरी जवान चादनी साउँद विरुद्ध निर्मलाकी आमाले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता गराएका थिइन । जिल्ला न्यायधिश गोपालप्रसाद बास्तोलाको इजलाशमा बुधबारदेखि सुनुवाई भईरहेको थियो । विहिबार अदालतले सफाई पाएको फैसला गरेको हो । मुद्दा खेपीरहेका आठै जना प्रहरी धरौटीमा रिहा भएका थिए ।  २०७५ साल साउन १० गते राती रोशनी बमको घरमा गएकी बालिका निर्मलाको बलत्कार गरी हत्या गरेको अवस्थामा उखुबारीमा भोलीपल्ट विहान लास फेला परेको थियो ।