धौलीगंगा बाँध खुल्ने, महाकाली किनारका स्थानीयलाई सचेत रहन आग्रह

४ बर्ष अघि

२0७७ श्रावण १५ बिहीबार

धौलीगंगा बाँध खुल्ने, महाकाली किनारका स्थानीयलाई सचेत रहन आग्रह

रमेश खत्री साउन १५ दार्चुला । भारतको धौलीगंगा जलविद्युत्त आयोजनाको बाँध आज राती खोलीदै छ ।  बाँध खोलिने भएपछि महकाली नदी किनारका स्थानीयहरुलाई सचेत हुन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । भारतको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइडमा सिल्ट फ्लशिंङको काम हुने भएकोले आज राती १२ बजेदेखि भोली १६ गते बेलुकी पौने सात बजेसम्म बाँध खोलीने जानकारी भारतीय पक्षले दिएकोछ । बाँध खोलीने भएपछि व्याँस गाउँपालिकाको वडा नम्बर पाँच धौलाकोट देखि लेकम गाउँपालिकाको लालीसम्म रहेका महकाली कीनारमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई पुर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी जानकारी गराएको छ । हेर्नुहोस सुचना सहित