महाकाली नगरपालिकाको गराकुमा बाढीले विकास निर्माणमा क्षती

४ बर्ष अघि

२0७७ श्रावण १३ मंगलवार

महाकाली नगरपालिकाको गराकुमा बाढीले विकास निर्माणमा क्षती

दृष्टिकोण समाचार साउन १३ दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ गराकुखोलामा आएको बाढीले गर्दा सो क्षेत्रमा रहेका विकास निर्माणमा क्षती पु¥याएको छ । एक साता पहिले आएको बाढीका कारण गराकु क्षेत्रमा रहेको समैजि मन्दिर, सिचाई नहर, आरसिसी पुल, तथा खानेपानी समेत अबरुद्ध भएको स्थानीय लोकेन्द्र बमले जानकारी दिनुभयो । बाढीले क्षती गरेपछि अहिले सो क्षेत्रको विकास निर्माण ठप्प छ । पुजा गर्न मन्दिर छैन, पीउने पानी छैन, आवत जावत गर्न खोलामा पुल छैन्, निकै समस्या भएको छ । क्षतीको प्रहरीको मुजुल्का तयार गरी नगरपालिका तथा सरोकारवाला निकायमा क्षतीपुर्ती तथा पुर्ननिर्माणका लागि पहल गरिदिन अनुरोध गरेको लोकेन्द्र बमले जानकारी दिनुभयो ।