एकदुई दिन भारी बर्षाको सम्भावना, सर्तक बस्न सबैलाई आग्रह

४ बर्ष अघि

२0७७ श्रावण १३ मंगलवार

एकदुई दिन भारी बर्षाको सम्भावना, सर्तक बस्न सबैलाई आग्रह

दृष्टिकोण समाचार साउन १३ दार्चुला । जल तथा मौसम विज्ञान विभागले देशभर अहिले सामान्य देखि पूर्ण बदली भई सुदुरपश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भईरहेको जनाएको छ । मंगलबार देशभरको मौसम बदली रहेको र धेरै स्थानमा हल्का देखि मध्यम बर्षा भएको जनाएको छ । विभागका अनुसार मंगलबार राती सुदुरपश्चिम प्रदेशका  केही स्थानमा मेघगर्जन, चट्याङ सहित भारी बर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै विभागले विभिन्न नदिहरुमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।