दुहुँ गाउँपालिका पहिरोमा पुरीएका जोशी दम्पतीको मृत्यु, शव जिल्ला अस्पतालमा ल्याईयो

४ बर्ष अघि

२0७७ श्रावण १३ मंगलवार

दुहुँ गाउँपालिका पहिरोमा पुरीएका जोशी दम्पतीको मृत्यु, शव जिल्ला अस्पतालमा ल्याईयो

रमेश खत्री साउन १३ दार्चुला । मंगलबार विहान परेको अविरल बर्षाका कारण घरमाथिबाट पहिरो आउँदा पहिरोमा पुरिएका जोशी दम्पतीको मृत्यु भएको छ । दार्चुला जिल्ला दुहु गाउँपालि वडा नम्बर ३ सल्लीका  बर्ष ५० का रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षिया इन्द्रा जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला तिङ्कर सडकको छेउबाट खसेको पहिरोले जोशीको घर पुरिएपछि घरमा सुतिरहेका जोशी दम्पत्तिको मृत्यु भएको हो भने उनका छोरा सुनिल जोशीले झ्यालाबाट हाम फालेर ज्यान जोगएका हुन । पहिरोले गोठमा रहेका एक भैसि, दुई बाख्रा तथा घरभित्र रहेको अन्न लुगा कपडा समेत पुरिएको प्रहरीले जनाएको छ । पहिरो परे लगत्तै बह्मदेव प्रहरी चौकीबाट प्रहरी टोलि बिहानै देखि उद्धार कार्यमा खटिएको र जिल्लाबाट पनि नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताउनु भयो ।