विद्युत प्राधिकरणका २८ ठेक्का अलपत्र , के गर्दैछ प्राधिकरण

६ बर्ष अघि

२0७५ असार २३ शनिबार

विद्युत प्राधिकरणका २८ ठेक्का अलपत्र , के गर्दैछ प्राधिकरण

राम सिह धामी दृष्टीकोण समाचार, दार्चुला ,नेपाल विद्यु्त प्राधिकरण क्षेत्रीय प्रसारण अत्तरिया कार्यालयबाट दार्चुलाका लागि विद्युत्तलाइन विस्तारका लागि गरिएका २८ ठेक्का अलपत्र छन् । 
जिल्लाका पाँच स्थानीय तह महाकाली र शैल्यशिखर नगरपालिका मालिकर्जुन, लेकम, र मार्मा  महागाउँपालिकामा विद्युतीकरण गर्ने र राष्ट्रिय प्रसारण लाइन जोड्ने जिम्मेवारी पाएको तीन वर्षयताका ठेक्काहरू अलपत्र रहेका हुन् । २०७२ वैशाख १ गते ठेक्का सम्झौता भई असार २५ गतेसम्म सक्नुपर्ने छ वटा ठेक्का अलपत्र छन । २०७२ असार २५ गते कार्य सम्पन्न गर्नु पर्ने ठेक्काको म्याद  छ पटक सम्म थपिएपनि चालु  अार्थिक बर्षमा पनि सम्पन्न नहुने स्थिति रहेको विद्युत्त प्राधिकरण वितरण शाखा दार्चुलाले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बुझाएको जानकारी अनुसार ४३ लाख ६३ हजार रुपैयाँभन्दा बढी रकमका छ वटा ठेक्काको जिम्मेवारी लिएका ठेकेदारहरूले पटक–पटक म्याद थप्दा पनि अहिले सम्म काम सम्पन्न गर्न सकेका छैन्न । 
विद्युत लाइन प्रसारणका लागि विभिन्न जिम्मेवारी पाएका छ वटा निर्माण कम्पनी र सप्लायर्सहरूले ६–६ पटक म्याद थप्दा पनि लापर्वाहिका कारण समस्या आएको नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र दार्चुलाका प्रमुख दयाराम शाहले जानकारी दिनु भयो ।  

२०७२ वैशाख १ गते सम्झौता गरी असार २५ गते कार्य सम्पन्न गर्नु पर्ने उमेश निर्माण सेवा एण्ड सप्लायर्सले नौ लाख २७ हजार ३ सय ५५, जय व्यास निर्माण सेवाले ८ लाख ५४ हजार ८ सय ४५ र अमर लटिनाथ अमर अनिल निर्माण सेवाले ८ लाख ९१ हजार ५ सय ७० रुपैयाँ बराबरको ठेक्काको काम पनि पूरा गरेका छैनन्।  त्यसैगरी आरडी बिल्डर्स एण्ड सप्लायर्सले ९ लाख ४१ हजार ५ सय २७ र गोरखनाथ निर्माण सेवाले ७ लाख ४८ हजार ६० रुपैयाँ बराबरको ठेक्काको काम पूरा नगरेको वितरण केन्द्र दार्चुलाले जनाएको छ । 
त्यसैगरी ०७४ जेठ १४ गते सम्झौता भएका १० ठेक्काको काम पनि हालसम्म अलपत्र नै छ ।  आठ ठेकेदारले ट्रान्सफर्मर उपलब्ध गराउनु पर्ने, एकले मालसमान र अर्कोले पोल तार लगायतका सामग्री उपलब्ध गराउनु पर्नेमा काम गर्नुको सट्टा  ३–३ पटक म्याद थप गरि विद्युत विस्तारको काम अलपत्र छ । विभिन्न ठेक्कामा काम चलिरहेको भएपनि केही प्राविधिक सस्याका कारण काममा ढिलाई भएको निमार्ण व्यवसायि संघका अध्यक्ष महेशसहि धामीले बताउनु भयो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले भनेको समय भन्दा ढिला गरि समानहरु उपलब्ध गराएकाले पनि पछिल्लो समय विद्युत विस्तारको काममा ढिई भएको अध्यक्ष धामीले बताउनु भयो ।
२०७४ जेठ १४ गते सम्झौता गरी २०७४ भदौ १३ गतेसम्म ट्रान्सफर्मर र पोल तार उपलब्ध गराइसक्ने गरी ठेक्का लिएका आठ कम्पनीले तीन तीनपटक म्याद थप्दा पनि मालसमान उपलब्ध नगराएको विद्युत प्राधिकरण  शाखा दार्चुलाले जानकारी गराएको छ । 


दार्चुला जिल्लाको महाकाली नगरपालीका वडा नं. ६ मा निमार्ण हुन लागेको ३३ केभिए सबस्टेसनको काम पनि अहिले अलपत्र अवस्थामै छ । सामुदायिक वनको कारण देखाउदै प्रविधिक तथा ठेकेदारहरुले  निर्माण कार्य प्राभवित भएको बताएका छन । 


चार बर्षदेखिको समस्या समस्याकै रुपमा रहिरहँदा दार्चुलाको विद्युत्तिकरण ओझेलमा परेको छ । समय थप गर्ने बाहेक सम्बन्धित निकायबाट पनि कुनै प्रयास भएको पाइदैन । तर मुलुकमा संघिय व्यवस्था लागु भएर सबै तहको सरकार बनिसक्दा पनि यो विषयमा कुनै सरकार र जनप्रतिनिधीहरुले पनि चाँसो देखाएको पाइदैन ।