वडा कार्यालयको मोटरसाईकल जलाउने तीन जना पक्राउ

४ बर्ष अघि

२0७७ श्रावण १३ मंगलवार

वडा कार्यालयको मोटरसाईकल जलाउने तीन जना पक्राउ

दृष्टिकोण समाचार साउन १३ दार्चुला ।साउन ८ गते दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामधनी विष्टको मोटरसाईकलमा आगजनी गरेको भन्दै प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका वडा नम्बर २ रतौडाका जिल्ला कमिटि सदस्य प्रताव वड, सोही ठाउँका चक्रमान विक र दलित मुक्तीमोर्चाका जिल्ला अध्यक्ष शैल्यशिखर नगरपालिका ३ का धनीराम लावडलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पक्राउ परेका तिनैजना विरुद्ध मंगलबार राज्य विरुद्धको कसुर सम्बन्धी मुद्दा दर्ता गरी कार्वाहीको प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट कम्ब्याड, चन्द असुलीका रसिद तथा विप्लब समूहका विभिन्न दस्ताबेच फेला परेको प्रहरीले जनाएको छ । वडा अध्यक्ष विष्टको घरमा राखिएको सुदुरपश्चिम प्रदेश १३३२ नम्बरको मोटरसाईकलमा राती आगजनी भएको घटना पछि प्रहरीले अनुसन्धान थालेको थियो ।