पहिरोमा परि २ जना बेपत्ता 

४ बर्ष अघि

२0७७ श्रावण १३ मंगलवार

पहिरोमा परि २ जना बेपत्ता 

दृष्टिकोण समाचार साउन १३ दार्चुला  । दार्चुला जिल्लाको दुहु गाउँपालिकाको वडा नं ३ को सल्लेखेतीमा मंगलबार बिहान करिब ५ बजे तिर माथिबाट घरमा पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।
सल्लेखेतीका ५० बर्षिय राम दत्त जोशी र  श्रीमती ४५ बर्षिय इन्द्रा जोशी बेपत्ता भएको उहाँका २१ बर्षिय छोरा सुनिल जोशीले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । घटनास्थल व्रह्मदेब प्रहरी चौकीबाट  प्रहरी टोली विहानै घटनास्थलमा पुगेर उद्धार कार्य भइरहेको र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षकको नेतृत्वमा टोली विहान ६ बजे घटना स्थलतर्फ गएको प्रहरी निरिक्षक जोशीको भनाई छ ।