चारवटा मुख्य माग राखेर अनेरास्ववियुले बुझायो ज्ञापन पत्र हेर्नुहोस ज्ञापन पत्र

४ बर्ष अघि

२0७७ श्रावण १२ सोमबार

चारवटा मुख्य माग राखेर अनेरास्ववियुले बुझायो ज्ञापन पत्र हेर्नुहोस ज्ञापन पत्र

दृष्टिकोण समाचार साउन १२ दार्चुला ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले चारवटा मुख्य मागहरु राखेर जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियु जिल्ला कमिटि दार्चुलाका संयोजक आनसिह बडाल नेतृत्वको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापन पत्र बुझाएको हो ।अनेरास्ववियुले जिल्लाको उत्तरी सीमाक्षेत्र व्याँस गाउँपालिकाको सितापुल क्षेत्रमा रहेको सीमा प्रशासन र भन्सार कार्यालय विगत दुई दशक देखि बन्द रहेकोले सो क्षेत्रमा प्रशासनिक उपस्थिति हुनुपर्ने माग राखेको छ । त्यस्तै व्याँस गाउँपालिकालाई जोड्ने घोरेटोबाटो निर्माणको कार्यलाई तिब्रता दिनुपर्ने, हाल कोरोनाको कारण देखाउँदै यातायात व्यवसायिहरुले यात्रुबाट चर्को भाडा असुल गरिरहेको भन्दै अनुगमन गरी भाडादरको मापदण्ड निर्धारण गर्नु पर्ने तथा बर्षातको कारण जिल्लाका विभिन्न क्षेत्रमा बाढी पहिरोका कारण जनधनको क्षति भएको र पीडित परिवारलाई उचित क्षतिपुर्ती तथा पुर्नस्थापनाको कार्य गर्न जिल्ला प्रशासन कार्यालयसँग माग गरेको विज्ञप्तीमा जनाएको छ । हेर्नुहोस ज्ञापन पत्र