यातायातको भाडा बढ्नुमा कसको गल्ती ! यात्रु, व्यवसायिकि प्रशासनको ?

४ बर्ष अघि

२0७७ श्रावण १२ सोमबार

यातायातको भाडा बढ्नुमा कसको गल्ती ! यात्रु, व्यवसायिकि प्रशासनको ?

रमेश खत्री साउन १२ दार्चुला ।अहिले लकडाउन खुलेको छ । लकडाउन खुलेपनि स्वास्थ्यका दृष्टिले पालना गर्नु पर्ने नियमहरु माक्स लगाउने, समाजिक दुरी कायम गर्ने, साबुनपानीले हातधुने लगायतका नियम पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ । यसै बीच मानिसको आवतजावत बढेपनि नागरिकलाई भने ठुलो पीर परेको छ । अहिले सबैको समस्या भनेको सवारी साधनमा तिर्नु पर्ने चर्को भाडादर हो । काम पर्छ सबैले गन्तव्यमा जानु परेको छ । तर यातायात व्यवसायीले यात्रुहरुसँग चर्को भाडा असुलीरहेका छन् । लकडाउन हुनु भन्दा पहिलेको भाडादरमै यात्रा गर्न चाहान्छन् यात्री । सिमित मान्छे बोकेर यात्रीलाई गन्तव्यमा पुग्न यातायात व्यवसायिकले मान्दैनन् । समाजिक दुरी बनाएर निश्चित मान्छे बोक्न पास बनाएर गाडी चल्न दिन्छ प्रशासन । अब कमी कसको ? यो प्रश्नको उत्तर खोज्न सबैकोणबाट मुस्कील छ । काम परेपछि चर्कोभाडा दिएर पनि यात्रा गर्ने यात्रीहरु नै भाडा महंगो भन्छन् । दुईतिन जना बोकेर तेल खर्च समेत नहुने भएपछि सबैसिटको भाडा माग्छन् वा बुकिङ गराउँछन् यातायात व्यवसायि । नागरिकको समस्या बुझेर सिमित मान्छे राखेर गाडी चालाउ भन्ने अनि भाडा बढी नलिनु भन्छ प्रशासन । हेर्दा सबैको बुझाई स्वभाविक लागे पनि आम नागरिकले भने जतिबेला पनि सास्ती खेप्नु परेको छ ।  जसले जे भने पनि आम नागरिकले भोग्नु पर्ने समस्या जस्ताको त्यस्तै छ । बढी भाडा दिएर पनि भनेको समयमा गाडी चढ्न पाइदैैन । गाडीमा पनि माक्स लगाएर समाजिक दुरी कायम गर्नु पर्ने बाध्यता अर्को छ । १० किलोमिटरको भाडा ५० रुपैँयाबाट बढेर एक सय रुपैँया भएको छ । यी सबै समस्याको समाधानमा सरोकारवालाको बेलैमा ध्यान जानु जरुरी छ ।