कोरोना नियन्त्रणका लागि स्वास्थ्य संयोजकहरुबीच छलफल

४ बर्ष अघि

२0७७ श्रावण १२ सोमबार

कोरोना नियन्त्रणका लागि स्वास्थ्य संयोजकहरुबीच छलफल

रामसिह धामी साउन १२ दार्चुला । दार्चुला जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य कार्यालय संयोजकहरुबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा सोमबार कोरोना रोकथाम तथा अहिलेको अवस्थाका बारेमा जिल्ला सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलेको अध्यक्षता कोरोना भाईरसको पछिल्लो अवस्था र भावि दिनमा रोकथाम कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको हो । 
दार्चुला जिल्लामा हाल सम्म कोरोना भाइरसबाट २६ जना संक्रमित भएका र २५ जना निको भई घर फर्किसकेका छन् भने एक जना जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा रहेका छन् । नेपाल सरकारले लकडाउन खोलेको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले सबैले सजगता अपनाउन प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आग्रह गरेका छन । दार्चुला जिल्लामा कोरोना भाईरसको अवस्था र भावि रणनीतिको बारेमा जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्यसंयोजकहरुसँग छलफल गरिएको  सामुदायिक ग्रामिण विकास समाज नेपाल सिआरडिएस अन्तरगत सुआहारा कार्यक्रमका संयोजक निधु ढुंगालले बताउनु भयो । दार्चुला जिल्लामा क्वारेन्टाईनमा बसेका तथा आईस्युलेसनमा रहेकाहरुको अवस्था समान्य रहेकाले अबका दिनमा पनि पुर्ण सजगता अपनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।